राज्यपालले पाए क्लिन चिट

Dr-CV-Anand-Bose-Governor-WB

कोलकाता: राज्यपाल डा. सी भी आनन्द बोसलाई यौन दुर्व्यवहारको आरोपमा क्लीन चिट दिइएको छ। त्यो पनि राजभवनले गठित छानबिन समितिको प्रतिवेदनमा। समाचारअनुसार राजभवनकी एक अस्थायी महिला कर्मचारीले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिन गर्न राजभवनले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले ८ जनाको बयान लियो। राज्यपाललाई छानबिन समितिले दिएको क्लिन चिटमा राज्यको सत्तारुढ दलले प्रश्न उठाएको छ। दुई महिनाअघि राजभवनकी एक अस्थायी महिला कर्मचारीले हरे स्ट्रीट पुलिस चौकीमा यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन्। उजुरीका आधारमा पुलिसले प्रमाण जुटाउन राजभवनका कर्मचारीलाई बोलाएको थियो। तर, पुलिसले बोलाएपछि राजभवनका कुनै पनि कर्मचारी प्रहरीसमक्ष हाजिर भएनन्। यसपछि राजभवनले सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले दुर्व्यवहारको आरोपमा छानबिन शुरु गरेको थियो। छानबिनका क्रममा समितिले ८ जनाको बयान लियो। ती बयानका आधारमा छानबिन समितिले महिला कर्मचारीले लगाएको आरोप निराधार भएको जनाएको छ। राज्यपाललाई क्लीन चिट दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement