पहाड़मा जिउन सक्ने, बोल्न सक्ने, आफ्नो हक र अधिकारको लागि खड़ा हुन सक्ने, भ्रष्टाचारको विरोधमा उँभिन सक्ने पूर्ण स्वाधीनता चाहिन्छ: विधायक बीपी बजगाई

IMG-20220815-WA0227.jpg

खरसाङ: भारतीय जनता पार्टी खरसाङ मण्डलद्वारा खरसाङ बजारदेखि केही माथिपट्टि बरबुङमा रहेको हनुमान डाँड़ामा स्वाधीनता दिवस पालन गरेका छन्। भारतीय जनता पार्टी खरसाङ विधान सभा समष्टीको विधायक बीपी बजगाई विशेष रुपमा उपस्थित रहेको उक्त कार्यक्रममा राष्ट्रीय जनता पनि विधायक बीपी बजगाईको बाहुलीबाट उत्तोलन गरिएको छ। कार्यक्रममा खरसाङ भाजपाको पदाधिकारीहरू लगायत जनसाधारणहरू पनि उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङको भाजपा विधायक बीपी बजगाईले अाज हामीले खरसाङको बरबुङस्थित हनुमानको मूर्ति परिसरमा देशको स्वतन्त्रता दिवस पालन गरेको बताउँदै ब्रिटिशले भारत छोड़े पनि केही रंग फेरेका अंग्रेजहरू अझैं पनि भारतमा रहेको र अहिले हामीलाई पूर्ण रूपमा स्वाधीन हुन दिएको छैन भनी बताएका छन्। विधायक बीपी बजगाईले अघि भने -‘हिज मात्रै बाइकमा तिरंगा यात्रा गर्ने अनुमतिको लागि सुकना पुलिस थानामा गएको तर दिएन। जनतामा राष्ट्रीय प्रेमको भावना जगाउन नदिने शासन अहिले पनि यहाँ छ। यसको लागि अब हामीले पहाड र यहाँको वासिन्दाहरूलाई वास्तविक स्वाधीनता दिलाउन संकल्प लिनुुपर्छ। आज हामी देशलाई स्वाधीन गराउने वीर पुरुष र वीरांगनाहरूका उत्सर्ग र बलिदानलाई सम्झना गरिरहेका छौं।’

खरसाङको विधायक बीपी बजगाईले एक समय ब्रिटिशहरूले यही खरसाङको गिध्द पहाड़मा नेताजीलाई नजरबन्द गरेर राखेका थिए तर खरसाङको स्वतन्त्रता सेनानी हेलेन लेप्चा, खड़कबहादुर आदिको सहयोग नेताजी उम्कन सफल भएको बताउँदै स्वाधीनता सेनानीहरूले देखेका सपनालाई साकार बनाउन हामी लागि पर्नुपर्छ भनी बताएका छन्। उनले भारत स्वाधीन भएपनि पूर्ण रूपमा स्वाधीन गराउन हामीले संकल्प लिनुुपर्छ भनी बताउँदै पहाड़मा अहिले पनि भय र त्रासको वातारण छ, आतंकको माहोल छ भनी आरोप लगाएका छन्।

विधायक बीपी बजगाईले पहाड़मा जिउन सक्ने पूर्ण स्वाधीनता, बोल्न सक्ने पूर्ण स्वाधीनता, आफ्नो हक र अधिकारको लागि खड़ा हुन सक्ने पूर्ण स्वाधीनता, भ्रष्टाचारको विरोधमा उँभिन सक्ने पूर्ण स्वाधीनता हामीले पाउनुपर्छ र यसको लागि हामी सबै एकबध्द भएर अघि आउनुपर्छ भनी आह्वान् गरेका छन्। कार्यक्रममा विधायक बीपी बजगाई लगायत भारतीय जनता पार्टी खरसाङ मण्डलको सभापति मदन जोगी, महासचिव सन्दीप रावत, जिल्ला सचिव तुलसी प्रधान, सोनाम लामा लगायत अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *