गान्तोक जिल्लाका ३० वटा प्राथमिक पाठशालाका शिक्षकहरूलाई लिएर कार्यक्रम आयोजित

IMG-20240721-WA0247

गान्तोक: गान्तोक जिल्ला अन्तर्गत १५ स्ट्यान्डअलोन सरकारी प्राथमिक विद्यालयका ३० प्राथमिक शिक्षकहरूको लागि आधारभूत साक्षरता र संख्यात्मक शिक्षा कार्यक्रमको उद्घाटन हिजो मोर्डन सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा सम्पन्न भयो।कार्यक्रममा मुख्य शिक्षा अधिकारी छिरिङकी चिङकापा रहेकी थिइन् भने उनको साथमा संयुक्त निर्देशक हन्ना योञ्जन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रम जिल्ला शैक्षिक सुधार कार्यक्रमको एक भाग हो, सबै विद्यार्थीहरूको राम्रो शैक्षिक उपलब्धिको लागि गान्तोक जिल्लाको पहलमा आयोजना गरिएको हो। यो पाँच महिना लामो कार्यक्रम हो,जुन नोभेम्बर महिनामा समापन हुने छ। यस कार्यक्रमको मुख्य उद्देश्यो चौथो र पाँचौ श्रेणीमा गणित पढाउनको निम्ति शिक्षकहरूलाई क्षमता विकास गराउनु र विद्यार्थीहरूको आधारभूत साक्षरता र संख्यात्मक क्षमताको उपलब्धि बढाउनु हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement