साना राज्यका सांसदहरूलाई संसदमा दस मिनट बोल्न दिनुपर्छः सांसद सुब्बा

IMG-20240721-WA0246

गान्तोक: नयाँ दिल्लीस्थित संसदको एनेक्स भवनमा आज रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भयो। यस अवसरमा संसदीय मामिला मन्त्री किरण रिजिजु, स्वास्थ्य एवम परिवार कल्याण मन्त्री जेपी नड्डा लगायत अन्य सांसदहरूको पनि उपस्थिति रहेको थियो। उक्त बैठकमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीबाट सांसद इन्द्र हाङ सुब्बाले प्रतिनिधित्व गर्दै बैठकमा सहभागिता जनाएका थिए। बैठकलाई सम्बोधन गर्दै सांसद सुब्बाले एसकेएम सबै भन्दा सानो पार्टी रहेको कारण संसदमा कम्तिमा पनि 10 मिनटको बोल्ने समय दिनुपर्ने बताए। उनले जलवायु परिवर्तन र तत्काल न्यूनीकरणका कार्यक्रमबारे संसदमा बृहत् छलफल गर्ने प्रस्ताव पनि राखे। सुब्बाले साना दलका लागि पनि संसदमा ध्यानाकर्षण प्रस्ताव विचार गर्नुपर्ने विषयमा जोड दिए। दोस्रो सत्रमा सुब्बाले केन्द्रीय राज्यमन्त्री विदेश मामिला तथा टेक्सटाइल पबित्र मारगारिटासँग भेट गरे। यस अवसरमा उनले उनले सिक्किमको परम्परागत र स्वदेशी कपडा र शिल्पकलालाई पुनर्जीवित गर्न सहयोगको अनुरोध गर्दै एउटा आवेदन पेश गरे। उनले लेप्चाहरूको बाँसको शिल्पलाई प्रकाश गरे, जसलाई सिक्किमका पहिलो ब्रिटिश राजनीतिक अधिकारी जेसी ह्वाइटले अत्यधिक प्रशंसा गरेको अवगत गराए। उनले सिक्किमका प्रख्यात बाँसको टोपी निर्माता जोर्डन लेप्चालाई पनि उल्लेख गरे, जसलाई यस वर्ष पद्मश्री पुरस्कारले सम्मानित गरिएको थियो। आफ्नो आवेदनमा, उनले सिक्किम समाजमा सुन्दर कपडा, गहना र सजावटी वस्तुहरू सिर्जना गर्ने समृद्ध परम्परा छ। यी शिल्पहरूमा संलग्न सीप र कलात्मकता पुस्ताहरूबाट पारित गरिएको छ र सांस्कृतिक पहिचानको अभिन्न अंग हो। यी परम्परागत शिल्पहरू फस्टाउन र समुदायलाई लाभ पुऱ्याउन जारी राख्न, तिनीहरूको पुनरुत्थान र संरक्षणको लागि आवश्यक स्रोतहरू चाहिने उल्लेख गरेका छन्। संसदमा साना साना दलहरूको पनि आवाज सुन्नु पर्ने विषयमा छलफल भएको बताएका छन्। यसै क्रममा उनले बाढ प्रभावितलाई पून्उत्था, जलवायु परिवर्तन,पारम्पारिख हस्तशिल्पकोको संरक्षण गरेर सम्वन्धित समुदायलाई अझ मजबुत बनाउनु पर्ने विषयमा जोड दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement