महिलाहरूलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20240721-WA0250

गान्तोक: पाकिम जिल्लाको महिला एवम वाल विकास विभाग अन्तर्गत महिला सशक्तिकरणको लागि रेगुको खण्ड प्रशासनिक केन्द्रमा हिजो एक सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देशअय वन स्टप सेन्टर, महिला हेल्पलाइन, चाइल्ड हेल्पलाइन,शक्ति सदन अनि साखी निवासले प्रदान गर्ने महिलाहरूमाथि हुने हिंसा, नीति र ऐनहरूबारे सचेत गराउनु रहेको थियो। यसका साथै लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्द्धन गर्ने अर्को उद्देश्य रहेको बताइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पीआरआईका उपनिर्देशक अनिल गिरीले महिला साथै वाल वालिकाहरूमा प्रत्येक दिन हुने अपराध र उत्पिडनबारे प्रकाश बारे। यसै क्रममा डीएमसी सृष्टिका शर्माले लैंगिक विभेद, यौन उत्पिडन, यौन उत्पिडनलाई रोकथाम ऐन, घरेलु हिंसा लगायत अन्यबारेमा विस्तृतरूपमा जानकारी गराए। विशेष गरेर उनले अन्तक्रियामा सहभागीहरूलाई माथि उल्लेख गरिएका मुद्दाहरूलाई गहिराइसँग बुझ्नको निम्ति तर्क प्रतियोगितालाई बढावा दिनु पर्ने सुझाउ दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement