लाखौंको स्क्र्याप भरिएको ट्रक चोरी प्रकरण

IMG-20240721-WA0234

चालक सिलगढीबाट पक्राउ

सिलगढी: मणिपुर पुलिसले स्क्र्यापले भरिएको ट्रक चोरेको आरोपमा विधाननगरबाट एक अभियुक्तलाई पक्राउ गरेको छ। आरोपीको नाम अमरजीत सिंह हो। उनी पञ्जाबका बासिन्दा हुन्। जानकारी अनुसार गत ३० तारिक मणिपुरबाट स्क्र्यापले भरिएको ट्रक असमको रंगियाका लागि प्रस्थान गरेको थियो। तर निर्धारित समय बितिसक्दा पनि ट्रक गन्तव्यमा पुग्न सकेन। त्यसपछि स्क्र्याप मालिकले ट्रक र चालक खोज्न थालियो।चालकको मोबाइल फोन स्वीच अफ भएको भेटियो। ट्रकमा ५ देखि ६ लाख रुपियाँसम्मको स्क्र्याप भरिएको बताइएको छ। त्यसपछि यस विषयमा पुलिस थानामा उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धानमा जुटेको मणिपुर पुलिसले चालकको मोबाइल लोकेशन ट्रेस गरी गोप्य सूचनाका आधारमा आरोपितलाई हिजो विधाननगरबाट पक्राउ गरेको हो। स्क्र्याप भरेको ट्रक पनि बरामद गरिएको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि मणिपुर पुलिसले आरोपीलाई ट्रान्जिट रिमाण्डमा लिएर मणिपुर छोड्नुपर्छ।

About Author

Advertisement