सुकना रेञ्ज कार्यालयद्वारा वन महोत्सव सप्ताह पालन

IMG-20240721-WA0231

सुकना: आज आइतबार सुकना रेञ्ज कार्यालयले आफ्नो कार्य क्षेत्रमा फिल्ड पेट्रोलिङ ड्युटी गरेर वन महोत्सव सप्ताह पालन गरेको छ। गत १४ जुलाईदेखि पश्चिम बंगाल राज्यव्यापी रूपमा मनाइरहेको वन महोत्सवको आज समापन भयो।

दार्जिलिङ वाइल्ड लाइफ डिभिजनको सुकना रेञ्ज कार्यालयले आयोजना गरेको यस महोत्सवमा खैरेनी जेएफएमसी, कोकलुङ जेएफएमसी, फूलबारी जेएफएमसी अनि सुकना भाग-२ जेएफएमसीका पदाधिकारी र सदस्यहरूको व्यापक सहभागी रहेको थियोे। सुकना रेञ्ज कार्यालय परिसरदेखि जागरूकता फैलाउन नाराबाजी साथमा निस्केको उक्त सामूहिक फिल्ड पेट्रोलिङ ड्युटी हात्ती गेटमा पुगेपछि सुकना रेञ्ज अधिकारीले वन महोत्सव पालन गर्नुको उद्देश्य अनि यसको महत्त्वबारे सविस्तार जानकारी गराएका थिए।

त्यसताक चम्टा बिट अधिकारी सबिन राई, महानन्दा बिट अधिकारी शम्भु शाहा अनि कोकलुङ बिट अधिकारी अविनाष रायको विशेष उपस्थित थियोे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement