दार्जिलिङ: हारेको बुथहरूमा काम नै गर्दिन भन्ने विधायक साहेबलाई ईश्वरले सदबुद्वि प्रदान गरून् भनी हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले बताएका छन्।अजय एडवर्डले विगतको बंगाल विधानसभा चुनाव र जीटीए चुनाव परिणाम सार्वजनिक भएपछि कालेबुङको विधायकले आफु पराजय भएको बुथहरूमा विकासको कुनै कामहरू नगर्ने घोषणा गरेका थिए भन्दै कालेबुङको अप्पर इच्छे, रेली आदि बुथहरूमा आजसम्म विकाशको एउटै पनि कार्य नभएको बताएका छन्। विधायक साहेबले जितेको बुथहरूमा कति विकाशको कामहरू गरेको छ त्यो मलाई थाहा छैन। तर आफु हारेको बुथमा आजसम्म एउटै पनि विकाशको कार्य गरिएको छैन भन्ने अध्यक्ष एडवाडर्सले पुनः दोहोराए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, ‘विधानसभा, जीटीए, पञ्चायत साथै गत केही महिना अघि सम्पन्न भएको लोकसभा चुनावमा समेत विधायक साहेबको आफ्नै बुथबाट उनी पराजय भएका छन्।आफ्नै बुथमा नमिठो प्रकारले पराजयको सामना गर्नु परेपछि कालेबुङको विधायक साहेबलाई आफु पराजय भएको आफ्नै बुथहरूमा रतिभर विकासको काम नगर्ने घोषणा गरेको थियो।विधायक साहेबको आफ्नै गाउँ र आफ्नै बुथको जनताले आफुहरूको गाउँ जाने बाटोको जीर्ण अवस्था देखाउँदै जीर्णद्वारको गुहार लगाउँदै आईरहेका थिए। तर उनले आफ्नै गाउँ र आफ्नै बुथको जनताको करूण पुकार समेत सुन्दा अप्पर इच्छे र रेली गाउँको गाउँलेहरूले अजय एडवाडर्स समक्ष बाटोको जीर्णोद्वार गरी दिने बिन्ति बिछ्य्उँदा आफ्नो क्षमता अनुसार सहयोगको हात बढाएको हो।”
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अघि भने, ‘धेरै नेपालको बालेन र हर्क साङपाङको कुराहरू गर्छन् तर हामी सरकार एंव सत्ता नआए पनि जनताको हित र जनताको सुविधाको निम्ति धेरै अघिदेखि नै कार्यहरू गर्दै आईरहेका छौं। आफ्नो जाति र आफ्नो क्षेत्रलाई माया गर्ने मानिसहरूलाई सत्ता चौकी चाहिन्दैन। हामी सत्तामा पनि छैनौं अनि चौकीमा पनि बसेका छैनौं। तर जनताको हित र जनताको सुविधाहरूको निम्ति हामीले गर्न सक्ने कार्यहरू गर्दै आईरहेका छौं।’
अध्यक्ष एडवाडर्सले अझ भने, ‘शुरू शुरूमा सत्ताधारी एंव चौकीमा बसेकाहरूलाई शरम लागोस भन्ने सोचेर कामहरू गर्दै आएका थियौं तर उनीहरूलाई लाज शरम केही नलाग्दो रहेछ।हामीसँग पैसा भएर यी कामहरू गरेका होइनौं। आपत र समस्यामा परेका जनतालाई हामीले श्रमदान दिने कामहरू मात्र गर्दै आईरहेका छौं। निर्वाचित सभासदहरूले जनहितको कार्यमा बेल्चा,फरूवा चलाईरहेका छन्। विधायक साहेबलाई ईश्वरले सदबुद्वि प्रदान गरून। वर्तमान राज्य सरकारको कार्यकाल केवल १६ महिना बाँकी छ। त्यसपछि चुनाव हुनेछ। चुनावमा हात जोडेर जनतालाई भोट मांग्नुपर्छ। त्यसकारण घमण्ड र अहंकारलाई पैतालामुनि राखेर जनताको हितमा काम गरेको खण्डमा फाइदा पुग्नेछ।’