खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङको पहलमा यो बर्खाको समयमा मानिसहरूलाई गाउँतिर हिँड्न सुविधा होस् भनेर ब्लिचिङ छर्ने कार्य सम्पन्न गरिएको छ। पञ्चायत सदस्य राजीव तामाङले महानदी ग्राम पञ्चायत अन्तर्गत आफ्नो संसद तीनमा पर्ने गाउँहरूमा ब्लिचिङ छर्ने कार्य गरेका छन्। यस क्रममा महानदी ग्राम पञ्चायतको संसद तीन अन्तर्गत पर्ने गाउँहरू क्रमैले सिविटार, शिवखोला, बाघमारा बस्ती गाउँतिर मानिसहरूलाई सुविधा होस् भनेर ब्लिचिङ पाउडर छर्ने कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यमा सिविटार र बाघमारा बस्तीमा ब्लिचिङ पाउडर छर्कने कार्यमा पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्य राजीव तामाङ उपस्थित थिए। त्यसरी नै सिविटार गाउँमा पञ्चायत सदस्य राजीव तामाङ उपस्थित थिए।

त्यसरी नै संसद तीनको अन्य गाउँहरू त्रिवेणी, गुम्बाडाँड़ा, १२ नम्बर, छेत्री गाउँ र गैरी गाउँतिर पनि ब्लिचिङ पाउडर उपलब्ध गराई दिएको र उक्त गाउँतिर स्थानीय गाउँलेहरूले छर्कने कार्य गर्ने जानकारी पञ्चायत सदस्य राजीव तामाङले दिएका छन्।