नयाँ दिल्ली: आजादीको अमृत महोत्सवको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विश्वका कुना-कुनामा गर्व र सम्मानका साथ भारतको तिरंगा फहरिरहेछ भनी बताएका छन्। प्रधानमन्त्री मोदीले ७६औं स्वतन्त्रता दिवसको अवसरमा लालकिलाको प्राचीरबाट राष्ट्रलाई सम्बोधित गर्दै आजादीको ७५औं वर्ष पूरा भएको अवसरमा विश्वभरि फैलिएका भारतीयहरूलाई बधाई दिए। यस अवसरमा उनले भने, ‘आजादीको अमृतकाल नयाँ संकल्प र सामर्थ्यसॅंग अगाडि बढ्ने अवसर होl’ यस अवधि प्रधानमन्त्रीले आजादीका अनगन्ती क्रान्तिकारीहरूको सम्झना गर्दै भने, ‘अंग्रेजहरूको आधार हल्लाउनेहरूप्रति राष्ट्र कृतज्ञ छl’