सिंगेल चियाबारीमा म्हाणिपा संघको समीक्षा सभा सम्पन्न

IMG-20240721-WA0214

खरसाङ: खरसाङको सिंगेल चिया बगानको सार्वजनिक भवनमा डोल्मा म्हाणिपा संघको एक सभाको आयोजन गरेर बौध्द धर्मका किताबहरू वितरण गरिएको छ। उक्त सभा अङगु तामाङ (मोक्तान) को अध्यक्षतामा सम्पन्न भयो। सभालाई डोल्मा तामाङले सञ्चालन गरेका थिए। सभामा केही दिन अघि सिंगेल चियाबारीमा भएको म्हाणे मोहलम पाठ अनि पूजाको हिसाब किताब साथै पूजा विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा विशेष गरेर डोल्मा म्हाणिपा संघका अध्यक्षा मञ्जुला तामाङले सबैलाई पूजा र अन्य विभिन्न विषयहरूमा जानकारी गराएकी छन्। सभामा विशेष गरी अखिल भारतीय तामाङ बौद्ध संघ सिंगेल चियाबारी शाखा अध्यक्ष सन्तोष मोक्तान, सचिव सिध्दान्त तामाङ अनि कार्यकारिणी सदस्य शरन लामा उपस्थित रहेका थिए। यसै सभामा म्हाणिपा संघद्वारा विभिन्न पुस्तकहरू वितरण गरिएको थियो। उक्त सभा अनि धर्म पुस्तकहरू वितरणपछि पत्रकारहरूसित बातचीत गर्दै अखिल भारतीय तामाङ बौद्ध संघ सिंगेल शाखाको अध्यक्ष सन्तोष तामाङले केही दिन अघि सिंगेल चियाबारीमा पूजा सम्पन्न भएको थियो र उक्त पूजा विषयमा आज समीक्षा सभा राखिएको थियो जसमा म्हाणिपा संघद्वारा अखिल भारतीय तामाङ बौद्ध संघ सिंगेल चियाबारीको पदाधिकारीहरूलाई पनि निम्ताएको जानकारी गराएका छन्। उनले उक्त सभामा बौध्द धर्मके विभिन्न पुस्तकहरू वितरण गरेर राम्रो काम गरेको बताउँदै म्हाणिपा संघले बौध्द धर्म र संस्कृतिको संरक्षण र सम्बर्ध्दनमा धेरै कार्य गरेको पनि बताएका छन्।

About Author

Advertisement