सिलगढी: आग्नेयास्त्रसहित ३ जना युवकलाई एनजेपी पुलिसले पक्राउ गरेको छ। आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गर्यो। पक्राउ परेकाहरूमा मोहम्मद राजा, पिन्टु राय र राजा दास सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो केही युवक एनजेपी थाना अन्तर्गत साउथ कोलनी रेलवे मैदानमा कुनै अपराधिक गतिविधिलाई अन्जाम दिनको लागि भेला भएको गोप्य सुइँको पाएपछि एनजेपी थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर ३ जनालाई पक्राउ गरे तापनि अन्य केही युवकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।