अलिपुरद्वार: कालचिनी तृणमूल कार्यालयमा तृणमूल कांग्रेसले शहीद दिवस मनाएको छ। २१ जुलाईको कोलकाता रैलीमा उपस्थित हुन नसक्ने तृणमूलका नेता र कार्यकर्ताहरु यस शहीद दिवस कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा सहिद हुने कार्यकर्ताहरुलाई पुष्प र माला चडाएर श्रद्धाञ्जली अर्पण गरियाे।