सुफल बंगला स्टलमा तरकारी खरीददारहरूको भीड

IMG-20240721-WA0162

जलपाईगुडी: जलपाईगुडीको बजारमा सुफल बंगलाको अस्थायी स्टल खुलेकाे छ। जलपाईगुडी जिल्ला नियमन बजार र जिल्ला प्रशासनको पहलमा खोलिएको सुफल बंगलाको स्टलमा टमाटर, हरियो खुर्सानी, आलु र प्याज सुपथ मूल्यमा बिक्री भइरहेको छ। सुफल बंगलाको यो स्टलमा टमाटर ७० रुपियाँ, हरियो खुर्सानी १०० रुपियाँ, आलु २८ रुपियाँ र प्याज प्रतिकिलो ३८ रुपियाँमा बिक्री भइरहेको छ। जलपाईगुडी सदर डिभिजन शासक तमोजित चक्रवर्ती र कृषि विभागका अधिकारीहरू अनुगमनको लागि यहाँ उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement