राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पगलाझोड़ाको पैह्रोमा निर्माण गरिएको नयाँ रोड भएर गाड़ीहरू कुद्न शुरु

IMG-20240721-WA0206

आधिकारिक रूपमा सोमबारदेखि चल्न सक्ने

खरसाङ: एनएच ११० अन्तर्गत घैयाबारी र महानदी बीचको पगलाझोड़ामा गएको पैह्रोको माथिल्लोपट्टि पहाड़ काटेर रोड निकाल्ने कार्यपछि अहिले गाड़ीहरू कुद्न थालेको छ। यहाँबाट गाड़ीहरू कुद्न थाले पनि आधिकारिक रूपमा भने गाड़ीहरू कुद्न सोमबारदेखि थालिने जानकारी प्राप्त भएको छ। गत ६ जुलाईमा पगलाझोड़ामा गएको पैह्रोको कारणले राष्ट्रिय राजमार्ग ११० बन्द अवस्थामा थियो। उक्त क्षेत्रमा पैह्रोको माथिल्लोपट्टि पहाड़ काटेर रोड बनाउने कार्य भईरहेको थियो भने अहिले काम प्राय: सकिएको छ। यसै क्रममा हिजो केही गाड़ीहरू नयाँ रोडबाट कुदाईएको थियो भने आज धेरै गाड़ीहरू कुदेको साथै बस पनि यो रोड भएर कुदेको जानकारी प्राप्त भएको छ। तर पनि यहाँको य नयाँ रोड भएर आधिकारिक रूपमा गाड़ीहरू कुदेको छैन। उक्त रोड निर्माणको कार्य प्राय: सकेको कारणले अब चाढ़ै रोड खोलिने बताइएको छ। पगलाझोड़ाको पैह्रोमा बनिएको नयाँ रोड भएर गाड़ीहरू कुद्न शुरु भए पनि सोमबारदेखि आधिकारिक रूपमा गाड़ीहरू कुद्ने जानकारी पाइएको छ। पगलाझोड़ामा पैह्रो गएर राष्ट्रिय राजमार्ग ११० बन्द अवस्थामा थियो। यो रोड बन्द भएको कारणले गाड़ीहरू कुद्न सकिरहेको थिएन भने बस सेवा पनि वाधित बनेको थियो। बस सेवा सञ्चालन नभएकोले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो। तर अब पगलाझोड़ाको पैह्रो माथिल्लोपट्टि पहाड़ काटेर रोड बनाउने कार्य भएपछि अहिले गाड़ीहरू कुद्न थालेको छ भने सोमबारदेखि आधिकारिक रूपमा गाड़ीहरू कुद्न सक्ने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement