श्री दमाई समाज खरसाङको नयाँ कमिटी गठन

IMG-20240721-WA0203

खरसाङ: श्री दमाई समाज खरसाङको सभा अनि नयाँ कमिटी गठन गरिएको छ। श्री दमाई समाज खरसाङको सभा गोर्खा जनपुस्ताकालय खरसाङमा प्रकाश सेवाको अध्यक्षतामा सम्पन्न भयो। सभालाई उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए। यसै सभामा श्री दमाई समाज खरसाङको नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति प्रकाश सेवा, उप सभापति ललित सुन्दास, सचिव दिपेन सेवा, सह सचिव मनिष सेवा, कोषाध्यक्ष मुन्ना सुन्दास, प्रचार प्रसार सचिव उमेश कार्कीढोली, सल्लाहकारमा हिरेनकुमार त्रिखत्री, कैलाश सेवा, सुरज नौवाग, महेन्द्र दर्नाल लगायत १० जना कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। उक्त नयाँ कमिटीले आगामी दुई वर्षका लागि कार्य गर्ने भएको जानकारी प्राप्त भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै श्री दमाई समाज खरसाङको प्रचार प्रसार सचिव उमेश कार्कीढोलीले आज श्री दमाई समाज खरसाङको नयाँ कमिटी गठन गरिएको र यस कमिटीले खरसाङ क्षेत्रमा रहेका दमाईहरूको सामाजिक, आर्थिक, राजनैतिक उन्नतिको लागि साथै अनुसूचित जातिको हक र अधिकारको लागि कार्य गर्ने र सांगठनिक रूपमा बलियो बनाएर लाने जानकारी गराएका छन्। उनले श्री दमाई समाज खरसाङको स्थापना दिवस पनि पालन गरिने र यसमा भारतभरिको दमाई समाजहरूलाई निम्ताउने साथै खरसाङमा उक्त दिन नौमति बाजाको भव्य प्रदर्शनी र कार्यक्रम आयोजना गरिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement