भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सांगठनिक सभा सम्पन्न

photocollage_202472118733109

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सांगठनिक सभा गाडीधुरा सार्वजनिक भवनमा समष्टि सभापति साथै सन्त मेरी तीन ग्राम पञ्चायतको प्रधान मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो।सभामा कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली साथै पंखाबारी लंगभ्यु अम्बटे समष्टिको पर्यवेक्षक अनु प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।
समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई कार्यकारी सभासद कल्पना प्रधान,मनोनीत सभासद प्रणाम रसाईली, समष्टि पर्यवेक्षक अनु प्रधान, समष्टि सांगठनिक सचिव सुवास छेत्री, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री, समिति सदस्य शिला तामाङ, रोहिणी खण्ड समिति अध्यक्ष प्रदीप प्रधान, लंगभ्यु संयोजक मौसम लामा, दुधिया खण्ड समिति अध्यक्ष नन्द कुमार थामी आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै मनोनीत सभासद प्रणाम रसाईली संगठनलाई दह्रिलो बनाउन पर्ने विचार राखे साथै अब उसो व्यक्ति विशेषक लागि कार्य नगरेर पार्टीको हितको निम्ति कार्य गर्नु पर्ने सुझाव राखे। उनले आफ्नो सम्बोधनमा अब उसो सभामा मानिसहरूको उपस्थितिको साटो मानिसहरुको सहभागिताको खाँचो पार्टीलाई रहेको जनाए। क्षेत्रीय सभासद एंव जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा विगत चुनावको परिणामको निम्ति कसैलाई दोषारोपण नगरी एक जुट भई पार्टीको हितमा सबैले कार्य गर्नु पर्ने सुझाव राखिन्। उनले ग्राम पञ्चायत, समिति सदस्य साथै सभासद सबैमा आपसी तालमेल राखेर कार्य गर्ने सुझाव राखिन्।
समष्टि पर्यवेक्षक अनु प्रधानले संगठन साथै निर्वाचित सदस्यगण समन्वय तालमेल राखेर कार्य गर्न पर्ने मत राखिन्। उनले समष्टि कमिटीमा समष्टिका भातृत्व संगठनहरुलाई निम्ताएर दह्रिलो समष्टि कमिटी गठन गर्ने सुझाव दिइन् साथै अब उसो म राम्रो नभएर हाम्रो संगठन राम्रो हुन पर्ने मत राखिन्। आज सम्पन्न सभामा खरसाङ महुकमा समिति प्रवक्ता अनूप रामुदामु, समष्टि सांगठनिक सचिव कुनाल छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, युवा शक्ति केन्द्रीय समिति सदस्य संजीव छेत्री, युवा शक्ति समष्टि अध्यक्ष तुसार राई, सचिव पप्पु तामाङ, समष्टि अन्तर्गत रहेका पंचायत प्रधान, उप-प्रधान, पंचायत सदस्यगण ,समष्टि नारी शक्ति सचिव अनिला राई साथै पार्टी भातृत्व संगठनहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement