तेप्सी युनाइटेड एफसी र सेण्ट रोबर्ट्स स्कूल विजयी

photocollage_202472117355783

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा आइतवार दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याच (दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीग)-मा तेप्सी युनाइटेड फूटबल क्लबले पोखरियाबुंग फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा दिवस लेप्चाले ५१औं, दावा लेप्चाले ७०औं, रोहन थामीले ६८औं र अभिषेक छेत्रीले ९०+३औं मिनटमा गोल गरे। यसरी पोखरियाबुंग एफसी-बाट दुवै गोल निवेदन दासले गरे। उनले ११औं र २९औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग)-मा सेण्ट रोबर्ट्स स्कूलले भारतीय खेल प्राधिकरण (साइ)-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट निक गुरुङले दुई गोल गरे। उनले ४७औं र ७५औंं मिनटमा गोल गरे। अन्य एउटा गोल रुपल लामाले ६३औॆं मिनटमा गरे। यसरी साइ-बाट अदित्य राईले ३७औं र प्रणाम राईले ८४औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement