काेलकत्ता: काेलकत्ता फूटबल लीग (सीएफएल) २०२४-मा युनाइटेड स्पोर्टिंग क्लबको तर्फबाट खेल्दै सुजल (पोग्बा) मुण्डाले आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा सबैको प्रशंसा बटुले। शनिवार खेलिएको म्याचमा सुजलको उत्कृष्ट प्रदर्शनको सहायताले युनाइटेड स्पोर्टिंग क्लबले शक्तिशाली मोहमेडन स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-को उत्पाद सुजलले म्याचको ८१औं र ९०+६औं मिनटमा गोल गरे। अन्य एक गोल रोहमिंग थांगाले ४७औं मिनटमा गरे। दुईवटा दर्शनीय गोलको निम्ति सुजलले प्लेयर अव् द म्याचको पुरस्कार जिते। सुजलको टीमबाट अदित्य थापा पनि खेलिरहेका छन्।

उल्लेखनीय छ, कलकत्ता फूटबल लीग २०२४-को विभिन्न डीविजनमा उत्तर बंगालका धेरैजना खेलाड़ीहरूले आफ्नो प्रतिभा देखाइरहेका छन्।