पेरिस ओलम्पिक २०२४: गेम भिलेज-मा पुग्यो भारतीय हकी टीम

IMG-20240721-WA0146

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीम शनिवार साँझ ओलम्पिक २०२४-को निम्ति पेरिस पुग्यो। हकी इण्डिया र केन्द्रीय खेल मन्त्री मनसुख मण्डावियाले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा यस खबरलाई साझा गरेका छन्। खेल मन्त्रीले एउटा भीडियो पनि शेयर गरेका छन्। भारतीय पुरुष हकी टीम १९८० पछि आफ्नो पहिलो ओलम्पिक स्वर्ण पदक जित्ने लक्ष्यको साथ ओर्लिनेछ। केन्द्र खेल मन्त्रीले प्रशंसकहरूसँग टीमको हौसला बढ़ाउने अपील गरेका छन्। हकी इण्डियाले लेखेको छ, भारतीय पुरुष हकी टीम आफ्नो सपनाहरूको उड़ानमा ओलम्पिक गाउँ पुगेको छ। ओलम्पिकको सपना अब शुरु हुनेछ। यसरी खेल मन्त्रीले लेखेका छन्, हाम्रो असाधारण हकी टीम ओलम्पिक भिलेजमा रहल टीमसँग सामेल हुन पेरिस पुग्यो। आउनुहोस् उनीहरूको हौसला बढ़ाउँ कारण उनीहरूको नजर पदकमा छ। हामीलाई तपाईंहरूमाथि विश्वास छ। शुभकामना।
टोक्यो ओलम्पिक २०२०-मा काँस्य पदक जितेपछि भारतीय टीमको नजर अहिले पदकको रंग बद्लिएर स्वर्णिम गर्ने रहेको छ। भारतीय पुरुष हकी टीमले पेरिस ओलम्पिकमा आफ्नो अभियानको शुरुवात २७ जुलाईमा गर्नेछ। पूल बी-मा टीमको पहिलो म्याच न्यूजील्याण्डविरुद्ध रहेको छ। त्यसपछि भारतले २९ जुलाईमा अर्जेण्टिनासँग, ३० जुलाईमा आयरल्याण्डसँग अनि १ अगस्तमा बेल्जियमसँग म्याच खेल्नेछ। टीम इण्डियाले ग्रुप चरणमा आफ्नो अन्तिम म्याच २ अगस्तमा अष्ट्रेलियाविरुद्ध खेल्नेछ। ग्रुपको शीर्ष चारमा सामेल रहन सके भारत नक्आउट चरणमा पुग्नेछ। पेरिस ओलम्पिक २६ जुलाईदेखि शुरु भएर ११ अगस्तसम्म चल्नेछ। ओलम्पिकमा पुरुष हकी टीमको असाधारण इतिहास रहेको छ। हकी टीमले ओलम्पिकमा अहिलेसम्म ९ वटा स्वर्ण, एउटा रजत र तीनवटा काँस्यसहित जम्मा १२ वटा पदक जितेको छ। हरमनप्रीत सिंहको कप्तानीमा रहने टीमको लक्ष्य यस तालिकामा अझ एउटा पदक थप्ने हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement