ओखलढुङ्गामा विष खुवाएर दुईमहिने शिशुको हत्या, आमा पक्राउ

IMG-20240721-WA0005

झापा: विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईलाई बालकको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीसमक्षको बयानमा आरोपित राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी इन्स्पेक्टर विजय कार्कीले जानकारी दिए। बालक जन्मेदेखि रोइरहने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी इन्स्पेक्टर कार्कीले बताए। गत जुलाई १५ मा जिल्लाको चिशंखुगढी गाउँपालिका-८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो। अनुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका-४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। दिपकुमारीलाई प्रहरीले सो दिन पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement