झापामा पिकअपसहित ५२ क्युफिट चिरान काठ बरामद

IMG-20240721-WA0096

झापा: इलाम र झापा भएर बग्ने कन्काई नदीमा काठ तस्करी बढेको छ। उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो। १९ क्युफिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको छ। बिहान अन्दाजी ३ः३० बजेको समयमा अस्थायी प्रहरी चौकी माइधारको प्रहरी टोली र गैँडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी १० टेक्रास्थित कन्काई नदी बगरमा मे. १ च ६२३६ नम्बरको पिकअप भ्यानमा सखुवा जातको ५२ क्युफिट चिरान काठ (फान्टा) बरामद भएको हो। अन्दाजी १ लाख ५६ हजार मूल्यबराबरको काठ लोड गर्दै गरेको अवस्थामा प्रहरीलाई देखेर गाडी र काठ छाडेर फरार भएका थिए। गाडीसहित सो काठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

Advertisement