ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गर्ने ३ जना पक्राउ

IMG-20240721-WA0097

झापा: ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका २ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका ३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन्। सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइनमा पार्किङ गरी राखेको ठाउँमा राति सो समूहले एम्बुलेन्स तोडफोड गरेका थिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी इन्स्पेक्टर कमलकुमार लुङगेलीका अनुसार तोडफोडबाट एम्बुलेन्सको झ्यालको सिसा फुटेको छ भने अन्य भागमासमेत सामान्य क्षति पुगेको छ। सो समूहले एम्बुलेन्सका चालक विनोद लिम्बूलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेका थिए। एम्बुलेन्स तोडफोड र चालकलाई अभद्र व्यवहार गरी फरार भएका तीनै जनालाई पक्राउ गरिएको प्रहरी इन्स्पेक्टर लुङगेलीले जानकारी दिए। उनका अनुसार तीनै जनामाथि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement