२ लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

IMG-20240721-WA0137

झापा: एक वर्षको अवधिमा २ लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका जुन आर्थिक वर्ष २०२३/२०२४ को जुनमा मात्र २ हजार ७५६ जनाले देवीको दर्शन गरेका हुन्।आर्थिक वर्षको २०२३/२०२४ पहिलो महिना अर्थात् गत जुलाईमा १ हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए। यसैगरी अगस्तमा ५ हजार, सितम्बरमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ। बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन्। यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन्। अक्टुबर अर्थात् दसैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ। समितिका अनुसार नवंबरमा २० हजार ४१६, दिसंबरमा ५ हजार ६५५ र जनवरीमा छ हजार ४०१ जनाले पूजापाठ गरेका छन्। त्यस्तै फरबरीमा १७ हजार ९१२ र मार्चमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन्। मईमा ८ हजार ६२९ र जुनमा २ हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ। ३ हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ। मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ। वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ। काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन्। त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि सो देवीथान पुगिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement