झापा: सोलुखुम्बुमा आफ्नै भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बस्ने ६० वर्षीय सुरेश बस्नेतको खुकुरी प्रहार गरी हत्या गरिएको हो। हत्या गरेको आरोपमा सो गाउँपालिका २ बस्ने ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार (२० जुलाई ) प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ।










