झापा: मोरङ्गको लेटाङ नगरपालिकामा डेंगु प्रकोपले दिन प्रतिदिन भयावह रूप लिँदै गएको छ। यस समस्याले नगरबासीलाई ठूलो चिन्ता र भयमा पारिरहेको छ। तर, यस गम्भीर विषयमा लेटाङ नगरपालिका ध्यान नगएको आरोप लागिरहेको छ। यो संवेदनशील रोगले देशका विभिन्न जिल्लामा धेरैको ज्यान लिईसकेको छ। त्यसैले, यस समस्याप्रति नगरपालिकाको ढिलासुस्तीले नगरबासीहरूमा गम्भीर चिन्ता र ध्यानाकर्षण जनताले गरिरहेका छन्। सामाजिक सञ्जालमा डेंगु रोकथाममा ढिलाइ किन भइरहेको छ भन्ने प्रश्नहरू उठिरहेका छन्।