रफायल नडाल लामो समयपछि फाइनलमा

IMG-20240721-WA0131

बस्ताड (स्वीडेन): विश्वका पूर्व नम्बर एक खेलाड़ी स्पेनका रफायल नडालले नर्डिया ओपन टेनिस टुर्नामेण्टमा डुजे अजदुकोविचलाई यहाँ ४-६, ६-३, ६-४-ले पराजित गरी २०२२-को फ्रेञ्च ओपनपछि पहिलोपल्ट फाइनलमा स्थान बनाए। नडालले क्ले कोर्टमा जारी यस टुर्नामेण्टको क्वार्टर फाइनलमा ३६औं ऱ्याङकिंग भएका मारियानो नवोनलाई ४ घण्टासम्म चलेको म्याचमा ६-७, ७-५, ७-५-ले पराजित गरेका थिए। उनले क्रोएशियाई खेलाड़ी अजदुकोविचविरुद्ध पनि पहिलो सेट गुमाएपछि असाधारण पुनरागमन गर्दै जीत हासिल गरे। नडालले २००५-मा केवल १९ सालको उमेरमा यहाँ खिताब जितेका थिए। त्यसपछि उनी यहाँ पहिलोपल्ट खेलिरहेका छन्। उनी अहिले पेरिस ओलम्पिकको तयारीमा जुटेका छन्। पेरिस ओलम्पिकको म्याचहरू रोलां ग्यारोमा खेलिनेछ। उनले पहिलो राउण्डमा महान खेलाड़ी ब्योन बोर्गका छोरा लियो बोर्गलाई पराजित गरेका थिए। ३८ वर्षीय नडालले विम्बल्डनमा हिस्सा लिएका थिएनन्। उनी गत डेढ़ सालदेखि चोटसँग जुझिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement