गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज प्रयागराज नगर निगमको तत्वावधानमा प्रयागराजमा आयोजित वृक्षारोपण अभियानको शुरूवात गरे। यस अभियान अन्तर्गत २ लाख विरुवा लगाउने लक्ष्य लिइएको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।राज्यपाल आचार्यले हर्ष व्यक्त गर्दै वृक्षारोपण अभियानलाई प्रकृति माताप्रति गहिरो सम्मान र जागरूकताको अभिनव प्रयास बताए। उनले भने, प्रकृति हाम्रो जीवनको आधार हो र यसको संरक्षण गर्नु हाम्रो नैतिक जिम्मेवारी हो। प्रकृतिप्रति आज उठाइएका कदमले भावी पीढीको निम्ति एउटा स्वच्छ, हरित र स्वस्थ जगत सुनिश्चित गर्नेछ।