विधायक कला राईको पहलमा विरूवा रोपियो

IMG-20240720-WA0286

गान्तोक: बुर्तुक निर्वाचन क्षेत्रकी विधायक श्रीमती कला राईको अगुवाईमा २८-अप्पर बुर्तुक समष्टिमा विरुवारोपण अभियानको थालनी भएको छ। पहिलो दिन यहाँको बनझाँक्री झरना परिसरदेखि शुरु भएको विरुवा रोपण अभियान अन्तर्गत राङ्का राई गाउँ, मलाङथाङ, सलङथाङ, धजे, फेञ्जोङ, बलिमान, परविङसम्म सड़कका किनारामा विरुवा रोप्ने कार्य गरियो। क्षेत्र विधायकसँग आजको कार्यक्रममा समष्टिका एसकेएम प्रतिनिधि, कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। विशेष गरेर सिक्किम पर्यावरण पर्व गत १ जुलाईदेखि राज्य सरकारले शुरू गरेको हो भने यस अन्तर्गत राज्यको विभिन्न स्थानमा विभिन्न प्रजातिको विरूवा रोप्ने क्रम अहिले पनि जारी रहेको छ। पर्यावरणको संरक्षण गर्दै सिक्किमलाई अझ हरियाली राज्य बनाउने सरकारको सोंचलाई सबैले आत्मसाथ गर्दै काम गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement