टीमको चयनमाथि प्रश्न उठाए हरभजनले

IMG-20240720-WA0285

नयाँ दिल्ली: पूर्व स्पिनर हरभजन सिंहले श्रीलंका यात्राको निम्ति भारतीय टीमबाट स्पिनर युजवेन्द्र चहल र ओपनिंग ब्याटर अभिषेक शर्मालाई बाहिर गर्ने चयनकर्ताहरूका फसेलामाथि प्रश्न उठाएका छन्। नवनियुक्त मुख्य प्रशिक्षक गौतम गम्भीरको उपस्थितिमा भारतले २७ जुलाईदेखि श्रीलंकाविरुद्ध ३ वटा टी२०आई र ३ वटा वनडे म्याचको सीरीज खेल्नेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) – ले बिहीवार दुवै प्रारूपको निम्ति टीमको घोषणा गऱ्यो। टी२० टीमको निम्ति सूर्यकुमार यादवलाई कप्तान नियुक्त गरियो कारण रोहित शर्माले यस प्रारूपबाट सन्न्यास लिइसकेका छन्। यसरी टीममा अभिषेक शर्मालाई चाहिँ स्थान दिइएन, जसले जिम्बाब्वे यात्रामा आफ्नो दोस्रो म्याचमा यादगार शतक बनाएका थिए। यसरी नै टी२० विश्व कपको हिस्सा रहने चहल पनि टीममा छैनन्। यसरी विकेटकीपर ब्याटर सञ्जु सेमसनले वनडे टीममा मौका पाएनन्। हरभजन सिंहले सोशल मीडियामा लेखेका छन्, युजवेन्द्र चहल, सञ्जु सेमसन र अभिषेक शर्मा श्रीलंका यात्राको निम्ति भारतीय टीममा किन छैनन् भन्ने बुझ्नु सकेको छुइनँ। उल्लेखनीय छ, टी२० टीममा व्यापक फेरबदलपछि धेरै पूर्व क्रिकेटरहरूले आलोचना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement