नयाँ दिल्ली: भारतीय फूटबलमा नयाँ युगको शुरुवात भयो। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले शनिवार अध्यक्ष कल्याण चौबेको अध्यक्षतामा भएको कार्यकारी समितिको बैठकपछि इगोर स्टीमाकको स्थानमा भारतीय सीनियर पुरुष फूटबल टीमको नयाँ प्रशिक्षकको घोषणा गऱ्यो। एआईएफएफ-ले यस पदको निम्ति दिग्गज मनोलो मार्क्वेजलाई चयन गरेको छ। स्पेनका ५५ वर्षीय मार्क्वेज वर्तमानमा इण्डियन सुपर लीग (आईएसएल)-को टीम एफसी गोवाको मुख्य प्रशिक्षक हुन्। महासंघले मार्क्वेजको कार्यकालको चाहिँ खुलासा गरेको छैन। भारतीय टीम २०२६ फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो चरणमा स्थान बनाउन असफल भएपछि क्रोएशियाई प्रशिक्षक स्टीमाकलाई १७ जूनमा मुख्य प्रशिक्षक पदबाट बर्खास्त गरिएको थियो। एआईएफएफ-द्वारा जारी बयानमा भनिएको छ, समितिले दिनको पहिलो फसेलामा सीनियर पुरुष राष्ट्रिय टीमको निम्ति नयाँ प्रशिक्षकको नियुक्तिमाथि विचार विमर्श गऱ्यो अनि तत्काल प्रभावको साथ मनोलो मार्क्वेजलाई चयन गऱ्यो। मार्क्वेजले २०२४-२५ सत्रमा एफसी गोवाका मुख्य प्रशिक्षकको रूपमा आफ्नो भूमिका जारी राख्नेछन्। उनले पूर्णकालिक आधारमा राष्ट्रिय टीमको प्रशिक्षक बन्नअघि दुवै जिम्मेवारीलाई एकसाथ सम्हाल्नेछन्। मार्केजले २०२०-देखि भारतमा प्रशिक्षण दिइरहेका छन्। उनले आईएसएल-मा दुईवटा क्लबलाई प्रशिक्षण दिइसकेका छन्। उनी पहिला हैदराबाद एफसी (२०२०-२३) को मुख्य प्रशिक्षक रहेका थिए। त्यसपछि उनले एफसी गोवाको जिम्मेवारी लिएका थिए।