कोलकातामा गजबको शपिङ मल बनिने

प्रतीकात्मक तस्वीर

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार नवान्नमा लेदर कम्प्लेक्स ‘कर्मा दिगन्त’ मा तत्काल समीक्षा बैठक बोलाए। बैठकमा अलिपुर म्युजियम अगाडि सपिङ मल बनाउने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख सल्लाहकार अलपान बन्दोपाध्यायले जानकारी दिए। यो शपिङ मलमा कोलकाता लेदर कम्प्लेक्सका ५० प्रतिशत उत्पादन हुनेछन्। बाँकी ५० प्रतिशत बंगाल सारी र अन्य धेरै उत्पादन हुनेछन्। हिडकोले यो शपिङ मल बनाउने बताइएको छ। यसबाहेक प्रदेशमा १ सय ८७ ट्यानरी र १ सय ३९ जुत्ता कम्पनीहरु सञ्चालनमा रहेको अलपानले बताए। उनले यो पनि भने कि राज्यको लेदर क्षेत्रमा करिब १० हजार करोड रुपियाँ लगानी हुनेछ, जसबाट कुल ७५०,००० रोजगारी सिर्जना हुने सम्भावना छ। शपिङ मलबाहेक ४७५ करोडको लगानीमा २८ मेगा ग्यालन खानेपानी आयोजना पनि निर्माण भइरहेको अलपानले बताए। हालको स्रोतले दाबी गरेको छ कि राज्यमा हाल लेदार क्षेत्रको १,१५० एकड जग्गामा ५०० ट्यानरीहरू छन्। हालसम्म कुल २५ हजार करोड रुपियाँको लगानी र ५ ​​लाख रोजगारी सृजना भएको छ  उनले अहिलेसम्म एक हजार करोडको जग्गामा ९०० करोडको पूर्वाधार निर्माण भइसकेको दाबी पनि गरे। यसका बाबजुद पनि राज्य सरकार थप रोजगारीको लक्ष्यतर्फ अघि बढिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement