सिलगढी: सिलगढीको बर्द्धमान रोडमा हिजो राति एउटा सामान बोकेको ट्रक दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार नागाल्याण्ड नम्बरको ट्रक गुजरातबाट कोइला बोकेर भुटान जाँदै थियो। तर बाटो बिराएर ट्रक झंकार मोड हुँदै बर्धमान रोड पुग्यो। यसपछि चालकले केही व्यक्तिलाई बाटो सोधेपछि ट्रक फर्काए। तर सन्तोषीनगर टर्न नजिकै ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको थियो। यस घटनामा चालक घाइते भएका छन्। खबर पाएलगत्तै खाल्पाडा थानाको पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।