हिलकार्ट रोड ब्यापार समितिको पहलमा रक्तदान शिविर सम्पन्न

IMG-20240720-WA0272

सिलगढी: हिलकार्ट रोड ब्यापार समिति र सिलगढी ग्रेटर युथ लायन्स क्लबको सहकार्यमा रक्तदान शिविरको आयोजना गरिएको थियो। यसका साथै नि:शुल्क रक्त परीक्षण, सुगर परीक्षण र मधुमेह परीक्षण शिविर समेत आयोजना गरिएको थियो। उक्त शिविर हिलकार्ट रोड ब्यापार समितिको कार्यालयमा आयोजना गरिएको थियो। यस अवधिमा धेरैले स्वेच्छाले रक्तदान गर्नुका साथै आफ्नो स्वास्थ्य परीक्षण पनि गराए। यस सम्बन्धमा हिलकार्ट रोड ब्यापार समितिका अध्यक्ष विजय गुप्ताले हरेक वर्ष रक्तदान शिविर आयोजना गर्ने गरेको बताए। यस बाहेक निशुल्क सुगर, रगत र मधुमेह परिक्षणको समेत व्यवस्था गरिएको छ। मूलतः यो पहल रगत अभाव हटाउन हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement