व्यापारी अपहरण प्रकरणका आरोपीलाई पक्राउ गर्न माग गर्दै भाजपाको प्रदर्शन

IMG-20240720-WA0265

बागडोग्रा: व्यापारी राजेश दे सरकारको अपहरण र आक्रमणका आरोपितहरूलाई पक्राउ गर्न माग गर्दै भाजपाले बागडोग्रा पुलिस स्टेशनमा प्रदर्शन गरे र पुलिस थानामा ज्ञापनपत्र समेत बुझाइए। उल्लेखनीय छ कि केही दिन अघि बागडोग्राको पान पसल अगाडि बदमाशहरूले व्यापारी राजेश दे सरकारलाई चारचक्के गाडीबाट अपहरण गरेका थिए। सो क्रममा उनलाई धारिलो हतियारले प्रहार गरी गाडीबाट बाहिर फालेको थियो। त्यसपछि पीडितको तर्फबाट बागडोग्रा पुलिस थानामा २० जनाविरुद्ध लिखित उजुरी दर्ता गरिएको थियो।
यद्यपि उक्त घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्। यसको विरोधमा भाजपाले बागडोग्रा पुलिस स्टेशनमा विरोध प्रदर्शन गरेको थियो। त्यसपछि विधायक शंकर घोषको नेतृत्वमा पुलिस थानामा ज्ञापनपत्र बुझाइए। यस घटनामा नक्सलबारी पञ्चायत समिति अध्यक्षको नाम आएपछि कुनै कारबाही नभएपछि भाजपा विधायकले पुलिसको भूमिकामाथि प्रश्न उठाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement