सिक्किम विधानसभाको बजेट सत्र ५ अगस्तदेखि शुरु  हुने

00-1-Sikkim-Assembly

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले शुक्रबार सिक्किम विधानसभाको बजेट अधिवेशन ५ अगस्तदेखि ९ सम्म चल्ने बताएका छन्। मिन्तोकग्याङमा एसकेएम विधायकहरूको बैठकलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षमा राज्य सरकारको प्राथमिकतामा बिजुली, पानी र सडक हुने बताए। राजस्व वृद्धिसँगै स्वास्थ्य, शिक्षा, पर्यटनमा सुधार र कल्याणकारी योजनाको कार्यान्वयनलाई पनि प्राथमिकता दिइने उनले बताए। मुख्यमन्त्री तामाङले विधायकहरूलाई उचित अन्तर-विभागीय समन्वय सुनिश्चित गर्न र प्रत्येक हप्ता कम्तिमा एक सार्वजनिक सभा आफ्नो निर्वाचन क्षेत्र कार्यालयमा आयोजना गर्न आग्रह गरे। उनले यो पनि भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले यसको ५० वर्षको पूर्वसन्ध्यामा राज्यको भ्रमण गर्नेछन्, र सबै विधायकहरूलाई वर्षभरि मनाउने तयारी गर्न आग्रह गरे।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement