कुवेतको अपार्टमेन्टमा आगलागी हुँदा भारतीय परिवारका ४ जनाको मृत्यु

Fire-copy

दुबई: एक दु:खद घटनामा एक भारतीय दम्पती र उनीहरूका दुई छोराछोरीको कुवेत शहरको आफ्नो फ्ल्याटमा आगलागी हुँदा मृत्यु भएको, स्थानीय अधिकारीहरूले शनिबार बताए। केरलाबाट छुट्टि सकेर फर्केका सोही दिन शुक्रबार राति यो दुर्घटना भएको हो। अलाप्पुझाको नीरत्तुपुरमका निवासी म्याथ्यूज मुलक्कल, उनकी पत्नी लिन अब्राहम र उनीहरूका दुई छोराछोरीको शुक्रबार राति अब्बासिया क्षेत्रमा रहेको आफ्नो दोस्रो तलाको फ्ल्याटमा एयर कन्डिसनरमा सर्ट सर्किट हुँदा निसास्सिएर मृत्यु भएको समाचारमा बताइएको छ। केरलाको बिदा मनाएर कुवेत फर्किएको परिवार शुक्रबार स्थानीय समय अनुसार अपराह्न ४ बजे आएको थियो। म्याथ्यूज मुलक्कल रोयटर्समा काम गर्थे, जबकि उनकी श्रीमती लिन अल अहमदी गभर्नरेटको एडेन अस्पतालमा स्टाफ नर्स थिइन्। उनका छोराछोरीले कुवेतको भवन्स स्कूलमा पढ्थे,’ समाचारमा उल्लेख छl  ‘म्याथ्युज विगत १५ वर्षदेखि त्यहाँ काम गर्दै आएका थिए। उनीहरु बिदापछि बिहीबार राति नेदुम्बसेरी विमानस्थलबाट कुवेतका लागि प्रस्थान गरेका थिए,’ केरलाका एक आफन्तले शनिबार सञ्चारमाध्यमलाई भने। कुवेतस्थित भारतीय दुतावासले केरलास्थित परिवारसँग सम्पर्कमा रहेको र चार भारतीयको शव भेटिएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement