गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज रिम्पोछे खेञ्छेन रिग्जिङ दोर्जीसँग भेट गरे। मुख्यमन्त्री तामाङको सरकारी निवास मिन्तोगाङमा आज बिहान भेट गरेका हुन्। भेटको क्रममा उनले सिक्किमे जनताको तर्फबाट राज्यका मानिसहरूमा शान्ति र समृद्धिको लागि प्रार्थना गर्दै आशिर्वाद लिएका छन्। हामी जीवनको हरेक पक्षमा सद्भाव र कल्याणको कामना गर्छौं, र उनको मार्गदर्शन हाम्रो राज्यलाई अघि बढाउनतो निम्ति अति नै आवश्यक रहेको पनि उनले बताएका छन्।









