विधायक निरज जिम्बाद्वारा मिरिकका विभिन्न क्षेत्रमा तारपोलिन वितरण

IMG-20240720-WA0207

मिरिक: गोरामुमो सौरेनी पानीघट्टा समष्टि ढाँड गाउँ शाखा कमिटी अधीनस्थ बामरांग गाउँ बेंसीटार/पार्क लाईन गाउँका विपन्न परिवारका सदस्यहरूलाई गोरामुमो पार्टीका संस्थापक सदस्य एकुराम सुब्बाको बाहुलीबाट तथा गोरामुमो ढाँड गाउँ शाखा कमिटीका सभापति दिवस सुब्बा, सचिव आनन्द सुब्बाको उपस्थितिमा उनीहरूको पारिवारिक अवस्थालाई मध्य नजर राखेर तारपोलिन वितरण गरेका छन्। स्मरण रहोस् गत केही दिन अघिदेखि परिरहेको मुसलधारे पानीले धेरैजनाको घरको छानाहरू चुहुने बनाईदिएको हुनाले दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाले विपन्न परिवारका सदस्यहरूलाई तारपोलिन उपलब्ध गराइदिने वचन दिएका थिए। विधायक आफुले दिएको वचनलाई पूरा गर्दै दुई दिनभित्र नै तारपोलिन प्रदान गरेको जानकारी प्राप्त भएको छ। ढाँड गाउँ शाखा कमिटीका सभापति – सचिव दिवस सुब्बा अनि आनन्द सुब्बाको उपस्थितिमा गोरामुमो पार्टीका संस्थापक सदस्य एकुराम सुब्बाको बाहुलीद्वारा पार्क लाईन परिसरमा वितरण गरिएको छ। उक्त तारपोलिन वितरण पश्चात् तारपोलिन प्राप्त गरेका सदस्यहरूले विधायक निरज जिम्बालाई आभार प्रकट गरेका छन्। यसको साथै विधायक निरज जिम्बाको सुस्वास्थ्यको कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement