राजगञ्ज: आज ७६औं स्वाधीनता दिवसको अवसरमा आज बेलाकोवामा १३० फुट लामो राष्ट्रिय झण्डा लिएर एउटा र्यालीको आयोजना गरियो। स्वाधीनताको ७५औं वर्ष पुरा भएको अवसरमा सारदा शिशु तीर्थ बेलाकोवाको पहलमा उक्त प्याली निकालिइएको हो। उक्त प्यालीले बेलाकोवा बजार, कलेज मोड लगायत विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त यालीमा विद्यालयका छात्र-छात्राहरू लगायत शिक्षक-शिक्षिकाहरूले अंश ग्रहण गरेका थिए।