दार्जीलिङ: हामीले एकैजना परीक्षार्थीलाई यूपीएससी परीक्षा उर्तीण गराउन सक्षम भयौं भने हाम्रो पहाडको भविष्य उज्वल हुनेछ भनी एडवाडर्स फाउण्डेशन प्रमुख अजय एडवाडर्सले बताएका छन्। गत चार वर्षदेखि एडवाडर्स फाउण्डेशनले पहाड तराई डुवर्सको विद्यार्थीहरूलाई यूपीएसी परीक्षाको निम्ति नि:शुल्क तालिम दिन्दै आई रहेको छ। गत केही दिन एडवाडर्स फाउण्डेशनले नि:शुल्क यूपीएससी परीक्षाको निम्ति प्रवेश परीक्षाको आयोजना गरेको थियो। आयोजित प्रवेश परीक्षामा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, तराई डुवर्स आदि क्षेत्रहरूका परीक्षार्थीहरूले अंश ग्रहण गरेको थियो जसमा १५ जना परीक्षार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण हुन सफल भएका थिए।एडवाडर्स फाउण्डेशनले आज दार्जिलिङमा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सम्मान जनाउन एक कार्यक्रमको आयोजना गरेको थियो। आयोजित कार्यक्रममा परीक्षार्थीहरूसँगसँगै उनीहरूको अभिभावकहरूलाई पनि निम्ताएका थिए।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एडवाडर्स फाउण्डेशन प्रमुख अजय एडवाडर्सले हामीले विगत चार वर्षदेखि यूपीएससी, डुब्लूवीसीएस आदि जस्ता उच्च परीक्षाहरूको निम्ति नि:शुल्क तालिम दिन्दै आईरहेका छौं। हामी हाम्रो विद्यार्थी नानीहरूप्रति इमान्दार छौं। देशको ठूल्ठूला सरकारी विभागहरूमा हाम्रो नानीहरू पुग्न सकोस् भन्ने हामीले लक्ष्य साँचेका छौं। तिनले अघि भने, ‘आज हामीले हाम्रो क्षमता अनुसार केवल १५ जना परीक्षार्थीहरूलाई मात्र यूपीएससी, डब्ल्युबीसीएस आदि जस्ता परीक्षाहरूको निम्ति नि:शुल्क तालिम दिन्दै आई रहेका छौ। तर यी २५ जना परीक्षार्थीहरूबाट हामीले एकैजना होस अथवा दुईजना नै यूपीएससी, डुब्ल्युबीसीएस जस्ता परिक्षाहरू पास गराउन सक्यौ भने हाम्रो जाति र यस क्षेत्रको नाम उच्च भएर जानेछ अजय एडवाडर्सले भने। छिमिकी राज्य सिक्किमका विधार्थी नानीहरूले यूपीएससी परिक्षा पास गरेको हामीले सुन्दै आई रहेका छौ, हामीले हाम्रो दार्जीलिङ पहाडका विधार्थी नानीहरूलाई पनि यूपीएससी,डुब्लूवीसीएस आदि जस्ता उच्च परिक्षाहरूमा उर्तीण गराउँन पर्छ भन्ने सोच लिएर हामीले गत चार वर्ष अघिदेखि नि:शुल्क कोचिङ दिने कार्यहरू गर्दै आईरहेका छौं।’

उनले अझ भने, ‘एडवाडर्स फाउण्डेशन एक समाजिक संस्था हो। यूपीएससी, डुब्लूवीसीएस आदि जस्ता परीक्षाहरूको निम्ति सरकारले कोचिङ सेन्ट्ररहरू बसाएर तालिम दिनु सक्छ तर पनि एडवाडर्स फाउण्डेशनले आफ्नो बल बुतामा नि:शुल्क तालिम दिने कार्यहरू गर्दै आईरहेको छ।फिन्जो वाङगेल गुरूङसँग यूपीएससी, डुब्लूवीसीएस परीक्षाको बारेमा धेरै ज्ञान छ। त्यसरी नै रोशन लामासंग धेरै ज्ञान छ। उनीहरूले नै उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सहयोग पुर्याउनेछ।’
एडवाडर्स फाउण्डेशनद्वारा आयोजित नि:शुल्क कोचिङ परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूसंग संगै उनीहरूको अभिभावकहरूलाई पनि एडवाडर्स फाउण्डेशनले खदा लगाएर सम्मान जनाएका छन्।










