दार्जीलिङ हिमालयन रेलवे कन्ट्र्याक्टर वेलफेयर एसोसिएशन दार्जीलिङ अनि खरसाङको नयाँ कमिटी गठन

photocollage_2024720184829105

खरसाङ: दार्जीलिङ हिमालयन रेलवे कन्ट्र्याक्टर वेलफेयर एसोसिएशन दार्जीलिङ अनि खरसाङको संयुक्त आयोजनमा एक सभा खरसाङस्थित एक होटेलमा पेबेन्द्र गुरूङ्गको सभापतित्वमा सम्पन्न भयो। सभामा वर्तमान कमिटीको कार्यकाल पूरा भएकोले नयाँ सदस्यहरूलाई लिएर नयाँ कमिटी गठन गरियो। यस नव गठित कमिटीमा सभापति भाईचुङ तामङ, महासचिव कुन्दन तामङ, कोषाध्यक्ष उर्गेन तामङ लगायत २१ जनाको कार्यकारिणी सदस्यहरूलाई चयन गरियो।सभामा वक्ताहरूले संगठनमा सबैले इमान्दीरपूर्वक कार्य गरेेर संगठनलाई दह्रिलो पार्नु पर्ने बताए भने संगठनको प्रत्येक कार्यमा पारदर्शिता हुनु पर्ने विचार राखे। साभालाई नव निर्वाचित सभापति भाइचुङ तामङ, महासचिव कुन्दन तामङ, प्रमुख सल्लहकार अदिप राई, महेन्द्र प्रधान, बिरेन तामङ, योगेश गुरूङ लगायत अन्यहरूले सम्बोधन गरेका थिए। दिपेश तामाङले सञ्चालन गरेको सभाको आरम्भमा संगठनका दिवंगत सदस्यहरूको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement