उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

IMG-20240720-WA0190-1

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको पार्किङबाट एकपछि अर्को गरी मोटरसाइकल चोरी भएपछि पुलिसले चोरलाई पक्रन पार्किङ स्थलको अनुगमन शुरु गरेको छ। मोटरसाइकल चोरी गर्ने गिरोहका दुई सदस्यलाई पुलिसले शुक्रबार राति पक्राउ गरेको छ। पक्राउ परेकाहरुको नाम भोला मोरका २६ वर्षीय सञ्जु दास र ४२ वर्षीय धीरजकुमार राम रहेको छ। चोरीको मोटरसाइकल किन्ने शाहिद आलम नामका एक व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। सञ्जु र धीरज पुराना अपराधी रहेको बुझिएको छ। ६ जूनमा सञ्जु दासले मेडिकल कम्प्लेक्सबाट मोटरसाइकल चोरेर मैनागुरीका शाहिद आलमलाई बेचेका थिए। आरोपीको बयानका आधारमा पुलिसले मैनागढीमा छापा मारेर चोरीको मोटरसाइकल बरामद गरेको थियो, र शाहिद आलमलाई पक्राउ गरी सिलगढी ल्याएको थियो। धीरजकुमारलाई सोधपुछ गर्दा उनी बिहारबाट आएर मेडिकल पोष्ट क्षेत्रबाट मोटरसाइकल चोर्ने गरेको पाइएको थियो। १० जुलाई मोटरसाइकल चोरी भएको थियो। उक्त घटनामा धीरज कुमार संलग्न थिए। पक्राउ परेका तीनै जनालाई आज सिलगढी अदालतमा पेश गरिएको छ। यस घटनामा अरु को को संलग्न छन् भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement