खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको अब्जर्भर बिन्नी शर्माले महानदीको त्रिसट्ठी पाखामा गएको पैह्रोको निरीक्षण गरेका छन्। जीटीए प्रमुख अनित थापाको निर्देशनमा उनले महानदीको त्रिसट्ठी पाखामा गएको पैह्रोक निरीक्षण साथै पैह्रो प्रभावित परिवारहरूसित पनि भेटघाट गरेका छन्। बिन्नी शर्माद्वारा पैह्रो निरीक्षणको समय महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा पञ्चायत समिति सदस्या सरिता मुखिया, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, महानदी त्रिसट्ठी पाखा युनिटको युवा शक्तिका प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए। महानदीको त्रिसट्ठी पाखामा गएको पैह्रोको निरीक्षण गरेपछि बिन्नी शर्माले पैह्रो प्रभावित परिवारहरूले जमीन हेरेको खण्डमा घर बनाउन पहल गरिदिने आश्वासन दिएको र यसावधि विषयमा जीटीए प्रमुख अनित थापालाई विस्तृत जानकारी गराउने पनि बताएको जानकारी स्थानीय युवा पासाङ शेर्पाले दिएका छन्।









