नालीमा लडेका एक व्यक्तिको सुनको चेन चोरेर फरार

IMG-20240720-WA0173

सिलगढी: बिरामी परेर नालीमा सुतिरहेका एक व्यक्तिको सुनको चेन लिएर बदमाशहरू फरार भए। सिलगढीको भक्तिनगर थाना अन्तर्गत प्रणामी मन्दिर रोड क्षेत्रकी नीतु सोनी इस्कोन मन्दिर रोडमा काम गर्न जाँदै थिइन्। १७ तारिख उनको स्वास्थ्य अचानक बिग्रिएर सडक छेउको नालीमा लडेकी थिइन्। त्यसपछि एक बदमाशले उनको घाँटीबाट सुनको चेन निकालेर फरार भएl केही समयपछि नीतु सोनीलाई होश आयोl धेरैले उनलाई उठाएर स्वस्थ बनाउन खोजिरहेका थिए। यसैबीच उनले आफ्नो घाँटीको चेन हराइएको थाहा पाइन्। उनले भक्तिनगर पुलिस चौकीमा उजुरी दिइन्। उजुरी आएलगत्तै भक्तिनगर पुलिस  चौकीले घटनाको अनुसन्धान थालेपछि भक्तिनगर थानाको सादा पोशाक पुलिसले विभिन्न स्रोत प्रयोग गरी एमडी आधास नामका एक युवकलाई पक्राउ गर्यो। आरोपीलाई शनिबार जलपाईगढी अदालतमा पठाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement