शेर्पा एसोसिएसन खरसाङद्वारा निजी कोषबाट युवाहरूको लागि टेबल टेनिस र क्यारेम बोर्ड प्रदान

IMG-20240720-WA0182

खरसाङ: शेर्पा एसोसिएसन खरसाङद्वारा निजी कोषबाट शेर्पा बस्तीको युवाहरूको लागि टेबल टेनिस र क्यारेम बोर्ड प्रदान गरिएको जानकारी प्राप्त भएको छ। शेर्पा एसोसिएसन खरसाङद्वारा गाउँको युवाहरुलाई खेलप्रति प्रोत्साहन गर्नलाई आफ्नो निजी कोषबाट एउटा टेबल टेनिस र एउटा क्यारम बोर्ड विशेष एउटा सानो कार्यक्रम गरेर प्रदान गरिएको छ। उक्त कार्यक्रममा विशेष रुपमा क्षेत्रीय सभासद एवम समाजको सचिव श्याम शेर्पा, समाजकाे सभापति दावा शेर्पा, खरसाङ फुटबल एसोसिएशनको अध्यक्ष नर्बु शेर्पा, समाजको कार्यकारिणी सदस्यगण र आनिलाहरुकाे विशेष उपस्थिति रहेको थियो। यस कार्यक्रमबारे जानकारी गराउँदै समाजको सचिव एंव क्षेत्रीय सभासद श्याम शेर्पाले वर्तमानमा धेरै क्षेत्रमा युवाहरु नशालु पदार्थकाे कुलतमा लागेर आफ्नो जीवन बर्बाद गरिरहेको छ। त्यसर्थ हाम्रो नानीहरूलाई र हाम्रो युवाहरुलाई सठिक मार्गमा डोराउनु र सठीक मार्ग देखाउनु समाजकाे प्रथम कर्तव्य हाे भनी बताएका छन्। उनले हाम्रो नानीहरू गलत बाटो नजावोस् भनी हामीले युवाहरुलाई खेलकूदतिर प्रोत्साहन दिनलाई समाजकाे आफ्नो कोषबाट एउटा टेबल टेनिस र क्यारम बोर्ड प्रदान गरिएको बताएका छन्। उनले हामीले यी सर सामानहरू हलमा राखि दिएका छौं र समाजकाे सदस्यबाहेक गाउँकाे जो केही ईच्छा हुने खेलप्रति चासो राख्नेहरु आएर खेल्नु पाउनेछ र आउँदो दिनमा युवाहरुले चासो देखाए समाजले अन्य खेलकूदकाे सामानहरू पनि समाजकाे द्वारा प्रदान गरिनेछ भनी जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement