खरसाङ पञ्चायत समितिद्वारा सिटोङको तीनवटा ग्राम पञ्चायतहरूमा कुखुराको चल्लाहरू वितरण

IMG-20240720-WA0181

खरसाङ: खरसाङ पञ्चायत समितिको प्राणी सम्पदा विभागको कर्माध्यक्ष साजन दर्जीको पहलमा सिटोङको तीनवटा ग्राम पञ्चायतहरूमा जम्मा १२ हजार ७ सय कुखुराको चल्लाहरू वितरण गरिएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा स्थानीयहरूलाई स्वनिर्भर बनाउने उद्देश्यको साथमा खरसाङ पञ्चायत समितिको तर्फबाट वितरण भईरहेको कुखुराको चल्लाहरू वितरण गर्ने क्रममा यसपाली सिटोङको तीनवटै ग्राम पञ्चायतहरूमा वितरण गरिएको जानकारी प्राणी सम्पदा विभागको कर्माध्यक्ष साजन दर्जीले दिएका छन्। उनले दिएको जानकारी अनुसार सिटोङ एक ग्राम पञ्चायतमा ३ हजार चल्लाहरू, सिटोङ दुई ग्राम पञ्चायतमा ४ हजार ७ सय र सिटोङ तीन ग्राम पञ्चायतमा ५ हजार गरेर जम्मा १२ हजार ७ सय कुखुराको चल्लाहरू वितरण गरिएको छ। उक्त कुखुराको चल्लाहरू वितरण कार्य अन्तर्गत सिटोङ दुईमा खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा, प्राणी सम्पदा विभागको बीएलडीओ डा. नेहार भौमिक लगायत विभागीय कर्मचारीहरू साथै कर्माध्यक्ष साजन दर्जी, पञ्चायत प्रधान समीर छेत्री र उप प्रधान भाप्पी तामाङ लगायत पञ्चायत सदस्यहरू उपस्थित रहेका थिए। त्यसरी नै सिटोङ एक ग्राम पञ्चायतमा गरिएको वितरण कार्यमा कर्माध्यक्ष साजन दर्जी, पञ्चायत समिति सदस्या यङमित लेप्चा, पञ्चायत प्रधान सुशिल सुब्बा, उप प्रधान नरेश खवास र पञ्चायत सदस्यहरू उपस्थित रहेका थिए। त्यसरी नै सिटोङ तीन ग्राम पञ्चायतमा कुखुराको चल्लाहरू वितरण कार्यमा पञ्चायत प्रधान रिना तामाङ, उप प्रधान लाडुप लेप्चा, पञ्चायत समिति सदस्यहरू एन्ड्र्यु सुब्बा र विकास थापा साथै पञ्चायत सदस्यहरू एलबी थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। कुखुराको चल्लाहरू वितरण कार्यमा उपस्थित पञ्चायत समितिको सहकारी सभापति नारायण थापाले यी वितरण गरिएको कुखुराको चल्लाहरूको हेरचाह र यसबाट स्वनिर्भर बन्ने विषयमा सल्लाह सुझाव राखेका थिए। खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जीले खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा मानिसहरूलाई स्वनिर्भर बनाउन कुखुराको चल्लाहरू वितरण गर्ने कार्य भईरहेको र अहिलेसम्म धेरैवटा ग्राम पञ्चायतहरूमा वितरण भईसकेको र भविष्यमा पनि वितरण गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement