नक्सलबारी: नदीबाट अवैध उत्खनन् गरेको आरोपमा नक्सलबारी पुलिस थानाले पानीघाटा मोडमा डम्परसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम मोहम्मद सराफत हुसेन र किरण प्रधान रहेको छ। पक्राउ परेका शराफत पूर्णियाका र किरण मिरिकका हुन्। पुलिस स्रोतका अनुसार नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरी तस्करीका लागि बिहारतर्फ लगिएको थियो। त्यसपछि गोप्य सूचनाका आधारमा नाका चेकिङका क्रममा दुवै डम्परलाई नियन्त्रणमा लिएको हो। सोही क्रममा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। नक्सलबारी पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।










