फाँसीदेवा: फाँसीदेवाको पाईकपाडामा फाँसीमा झुण्डिएको अवस्थामा एक व्यक्तिको लाश फेला परेपछि खैलाबैला मच्चिएको छ। मृतकको नाम बोइला सोरेन (४०) हो। प्राप्त जानकारी अनुसार शुक्रबार राति बोइला सोरेन परिवारसँग खाना खाएर कोठामा सुत्न गएका थिए। आज उनको शव घरबाहिर रुखमा झुण्डिएको अवस्थामा परिवारले देखे। त्यसपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र विधाननगर लगिएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सूचना पाएलगत्तै विधाननगर अनुसन्धान केन्द्रको पुलिस घटनास्थल पुगेको थियो। त्यसपछि शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको थियो। विधाननगर अनुसन्धान केन्द्रको पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।










