कोलकाता: भोलि २१जुलाईमा हुने शहीद दिवसको र्यालीका लागि धर्मतला चोकमा स्टेजको काम धमाधम भइरहेको छ। शहीद परिवारका लागि छुट्टै मञ्च पनि बनाइएको छ। साथै पार्षद र नेताहरुलाई बस्नको लागि छुट्टै मञ्च बनाइएको छ। ममता बनर्जीलगायत शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित हुनेछन्। सुरक्षाका बीच मञ्च तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।